१३ जेठ , काठमाडौं । काठमाडौँ महानगरपालिकामा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप लगाइनेछ ।
हिजोबाट सुरु भएको खोप अभियान भोलि (शनिबार)सम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ ।