Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँमा १० वर्षीया बालिका बलात्कृत

१७ कार्तिक , काठमाडौं । तनहुँमा १० वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीले स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगी ती बालिकालाई थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

बालिकाको परिवारले दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खठिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

त्यस्तै, दाङमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ चौपरीया बस्ने २७ वर्षीय दुर्गा बहादुर चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित धान काट्न गएकी ती महिलालाई चौधरीले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मलवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पर्सामा १० वर्षीया बालिका बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

पर्सामा १० वर्षीया बालिका बलात्कृत