Comments Add Comment

Advertisment

SKIP THIS

साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने कमल थापाको भनाई

१४ जेठ , काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत साहलाई बधाइ दिँदै थापाले साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। थापाले उनको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका हुन् ।

‘बालेन साहको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्दा पनि उहाँको योग्यता र क्षमतामाथि जनताको भरोसाको अभिव्यक्ति हो’, उनले ​ लेखेका छन्, ‘काठमाडौँवासीले ठूलो अपेक्षा गरेका छन्, सफलताको कामना गर्दछु।’

काठमाडौं, धरान, धनगढी लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई दलहरूमाथि मतदाताको आक्रोश व्यक्त भएको विश्लेषण भइरहँदा थापाको यस्तो प्रतिक्रिया आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै