Comments Add Comment

Advertisment

SKIP THIS

जहाज दुर्घटनास्थलमा स्थानीयले शव संकलन गर्दै

१६ जेठ , काठमाडौं । तारा एयरको जहाज दुर्घटनास्थान पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् ।

जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।

‘शव गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शव चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’

आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । न्युज कारखानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै