Comments Add Comment

Advertisment

SKIP THIS

वाग्मती प्रदेश प्रहरीद्वारा उत्कृष्ट कार्य गर्न ७ जना एसपी र ३ जना डिएसपीलाई उत्कृष्ट पुरस्कार

वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् ।

पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा तथा जिप्रका सिन्धु्पाल्चोकका एसपी रामेश्वर प्रसाद यादव, सिन्धुली प्रहरी प्रमुख एसपी विमलराज कँडेल, नुवाकोटका प्रहरी प्रमुख एसपी रामप्रकाश शाह, धादिङका प्रहरी प्रमुख एसपी राकेश सिंह र काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी छन् । उनीहरुलाई जनही १ हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको हो ।

यस्तै, रसुवाका प्रहरीका डीएसपी कुलदीप चन्द, जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङ र जिल्ला प्रहरी कार्यालय दोलाखाका डीएसपी गंगाप्रसाद पौडेललाई पनि जनही १ हजार पाँच सय रुपैयाँले पुरस्कृत गरिएको छ ।

स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश कार्यालय हेटौंडाकी प्रमुख डीआईजी पूजा सिंहले उनीहरुलाई पुरस्कृत गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै