Comments Add Comment

Advertisment

SKIP THIS

ओखलढुंगा जिल्लाका उत्कृष्ट डिएसपी शुकदेव खनाल पुरस्कृत

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले ओखलढुंगाका प्रहरी नायव उपरीक्षक शुकदेव खनाललाई पुरस्कृत तथा सम्मान गरेका छन् । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गर्ने ओखलढुंगा जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखलाई समितिले सम्मान गरेका हुन ।

स्थानीय तहको निर्वाचनमा चुनौतीपूर्ण माहोलका बिच मतदान स्थलमा शान्ति सुरक्षा कायम राख्दै निर्वाचन सफल बनाउनका लागि उत्कृष्ट कार्य प्रस्तुत गर्ने डिएसपी खनाललाई प्रशंसा पत्र सहित सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक दिल कुमार तामाङले बताए ।

‘नेपाल सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपश्चात उच्च मनोबलका साथ अहोरात्र फिल्डमा खटिएर सुरुदेखि नै आफ्नो कर्तव्य निर्वाह गरेर स्थानीय तहको निर्वाचनलाई सफल रुपमा शान्तिपूर्ण रुपमा, स्वच्छ वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको हुनाले जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुखलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।           

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै