२० जेठ , काठमाडौं । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो ।
शुक्रबार उपसमूह राताम्य हुँदा सबैभन्दा धेरै नीर्जिवन बीमा र व्यापार उपसमूहका लगानीकर्ताले गुमाए । शुक्रबार २२६ कम्पनीको २६ हजार ६९३ वटा कारोबाटबाट ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर किनबेच भयो । यसबाट कुल १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।
शुक्रबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दा बलेफी हाइड्रो पावरको ९.९८ प्रतिशतले बढ्यो । किसान लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.९५ प्रतिशतले घट्दा मुल्य ९१८.१० रुपैयाँमा झरेको छ । उन्नती सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.६५ प्रतिशतले घटेको छ । शुक्रबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।






