Comments Add Comment

Advertisment

SKIP THIS

अर्जेन्टिनालाई हराएको साउदी अरेबिया पोल्याण्डसँग पराजित

१० मंसिर , काठमाडौ । पोल्यान्डले विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि सहज जित निकालेको छ । शनिबार भएको खेलमा पोल्याण्डले साउदी अरेबियालाई २-० गोल अन्तरले हराएको हो ।

एजुकेसन स्टेडियममा खेलको ३९ औं मिनेटमा रोबोर्टो लेवान्डोस्कीको गोलमा जेलिन्स्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका हुन् । खेलको ४४ औं मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो । तर पोल्यान्डका गोल रक्षकले जोगाए ।

खेलको ८२ औं लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई २–० गोलको जित दिलाए । जितसँगै पोल्यान्डले २ खेलबाट ४ अक जोडेको छ । यता साउदी अरेबियाको ३ अंक छ । यसअघि साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment