Comments Add Comment

Advertisment

SKIP THIS

जन्ती बोकेको बस दुर्घटना, १९ जना घाइते

२५ जेठ काठमाडौं । चितवनको रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।

रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ति लिएर खैरहनी जाँदै बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा पल्टिएको हो । दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन् । बसमा ३० जना सवार थिए । घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि ठिक भएका बस चालक खैरहनी नगरपालिका ९ का ३१ वर्षीय रमेश शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment