२८ जेठ , काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिका–४ मा एक मजदुरको शुक्रबार लडेर मृत्यु भएको छ ।
मैदा र चोकर उत्पादन गर्दै गर्ने गौमती फुड प्रालिमा कार्यरत बूढीगंगा–३ का ३० वर्षीय मनोज खवासको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मेसमा खाना खान जाने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए ।
त्यसपछि उपचारका लािग बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्रयाउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।