Comments Add Comment

Advertisment

SKIP THIS

कसको के लाग्छ र ?

२८ जेठ काठमाडौं । केही मिडियाले प्रत्येक शब्दको मूल्य तोकेपछि, ठूला ठूला उध्योगी , ब्यपारी सबै माइतीपट्टिका परेपछि, केही नेताहरुले पारिवारिक र दलिय स्वार्थ नत्यागेपछि, तथ्यलाई आधार नमानी सामाजिक अभियन्ता सडकमा दौडिएपछि, नेताको कार्यशैलीमा कार्यकर्ताको मौनता छाएपछि, भ्रस्टाचारीलाई कारबाही गर्न अख्तियार डराएपछि, कोरोनाको सन्त्रासमा वातावरण नै धमिल्याएपछि, छिमेकीले आँगन मिच्दा अझैपनी ढुल्मुले प्रबृति देखाएपछि, अमेरिकी साम्राज्यबादलाई बुझ्दा बुझ्दै ब्यर्थमा एमसीसीको मुद्दामा अल्झिएपछि, हामीमा धेरै चिज हुँदा हुँदैपनि सदुपयोग गर्न नजानी अझै लम्पसारबादी बनेपछि, त्यसैले कामै भएन , मामै भएन, दामै भएन भनेर सामाजिक सन्जालका केही असत्य र कपोलकल्पित कुराहरुको पछि लाग्नुभदा तथ्य प्रमाण जुटाएर अगाडि बढ्दै भ्रस्टाचारी बाउ भएपनि, साहु भएपनि, पदमा बसेका हुन या दलाली घेरामा फँसेका हुन, इस्ट मित्र देवता पित्र जोसुकैलाई पनि जनताको अदालतबाट कारबाहीको दायरामा ल्याउन सकौं अनि मात्र देश बिकासको बाधक बनेको यो भ्रष्टाचारको रोग करीब ८० % निर्मुल भएर जान्छ । अन्यथा यहाँ कसै कुनैले पहिलै आफ्नो अश्मितालाई लुट्न दिइसकेका छन । ठुल्दाइको निवेक पाइसकेका छन। लगौटीको फेरो समाइसकेका छन। कहिलै नटुट्ने र बिरोध नगर्ने कसम खाइसकेका छन । नेपाल आमाको प्रत्येक अंग अंग बेच्ने बानि लाइसकेका छन ! अनि कसरी हुन्छ देस बिकास ? अनि कसको के लाग्छ र ?

९८५११९२०८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै