Comments Add Comment

Advertisment

SKIP THIS

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउन विज्ञकाे सुझाव

२९ जेठ , काठमाडौं । उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा विज्ञले जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरूले सुझाएका हुन् ।

रेटिना विज्ञ डा. संयम बजिमयले ७/८ महिनामा १.५ किलाभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताए । ‘समयमै त्यस्ता शिशुको आँखा परीक्षण नभएमा अन्धो पनि हुन सन्छ,’ उनले भने, ‘यसमा अभिभावकले ख्याल गर्नुपर्छ ।’ समय पुगेर जन्मिएका शिशुको पनि ६ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उनको भनाइ छ ।

भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसियु)का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा. ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताए । बालसघन उपचार कक्षमा राखेर अक्सिजन दिइएका, संक्रमण भएका, जन्मदा कृत्रिम श्वासप्रश्वास दिनुपरेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरिएका शिशुलाई आँखामा समस्या आउने डा. पाठकको भनाइ थियो ।

सकेसम्म यसरी उपचार गर्नुपर्दा कम अक्सिजन दिने प्रयास गरिने भन्दै उनले आँखा स्क्रिनिङ गर्न सुझाव दिए । चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आएका बाल रोग विशेषज्ञ डा. विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताए ।

त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनुपर्ने अवस्था आयो भने आँखामा समस्या आउने उनले सुझाए । उपचार गर्दा यी कुरामा ध्यान दिनुपर्ने भए पनि आँखाको परीक्षण भने गर्नै पर्ने डा. पराजुलीको तर्क थियो । ३७ हप्ताअघि जन्मिएका र ३० दिनभित्रै अक्सिन दिनुपर्ने र संक्रमण भएका शिशुको आँखामा जोखिम बढी हुनसक्छ ।

भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डा. मनिषा श्रेष्ठले कम उमेरमा जन्मिएका शिशुको कम तौल हुने र उनीहरुमा विशेष प्रकारको समस्या आउने बताइन् । आँखाको पर्दामा असर देखिने भन्दै उनले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटीको सम्भावना धेरै हुने बताए ।

बाल सघन उपचार कक्षमा रहेर अक्सिजन प्रयोग गरिएका बिरामी शिशुको अनिवार्य आँखा परीक्षण गराउन उनले सुझाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै