२९ जेठ , काठमाडौं । सडक खन्दै गरेको ठाउँमा पहिरो जाँदा रोल्पामा २ बालकको मृत्यु भएको छ ।
परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरमा सडक खनेको ठाउँमा ढिस्काेबाट पहिरो खस्दा सडकमा खेल्दै गरेका बालक पुरिएका हुन् । स्थानीय प्रकाश खड्काका छोरा ७ वर्षीय डेविड र २ वर्षीय इसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।
पहिरो पन्छ्याउने क्रममा दुवै जना मृत फेला परेका उनले बताए ।


