Comments Add Comment

Advertisment

SKIP THIS

लुक्ला विमानस्थलमा एक सातादेखि उडान ठप्प

३० जेठ , काठमाडौं । मौसममा खराबी आएपछि एक सातादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा उडान ठप्प रहेको छ।खराब मौसमका कारण लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा उडान हुन सकेको छैन।

गत आइतबारदेखि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए। उनका अनुसार मौसम नसुध्रिएकाले गर्दा काठमाडौँ जानुपर्ने पर्यटक पनि लुक्लामै रोकिएका छन्।

प्राधिकरणका अनुसार डेढ सयभन्दा बढी पर्यटक लुक्लामै रोकिएका छन्। लुक्लाबाट उडान हुन नसकेपछि आन्तरिक तथा बाह्य पर्यटक गाडीमार्फत काठमाडौँ फर्किन थालेको यातायात व्यवसायी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै