Comments Add Comment

Advertisment

SKIP THIS

थापाथली इञ्जिनियरिङ कलेजका विद्यार्थी मृत फेला

२ असार , काठमाडौँ । थापाथली इञ्जिनियरिङ कलेजका एकजना विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार गत आइतबार रातिदेखि हराएका ललितपुर सानेपा घर भएका २२ वर्षीय अभिशेष जैसवालको शव त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्डको तल भेटिएको हो ।

उनको शव भेटिएलगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौँ प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको थियो । अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई पनि घटनास्थलमा लगिएको थियो ।

उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । हालसम्म पोष्टमार्टमको प्रतिवेदन नआएपछि लडेका कारण भएको चोटबाहेक अन्य संकेत नदेखिएको चिकित्सकहरुले बताएका छन् । स्रोतका अनुसार जैसवाल आमासँग झगडा भएपछि साथीसँग जान्छु भन्दै घरबाट निस्किएका थिए । सिभिल इञ्जिनियरिङको पढाइ सुरु गरेका उनले पछि आर्किटेक्चर पढ्न थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै