३ असार , काठमाडौँ । जिल्लाको हिलिहाङ गाउँपालिका ७ अन्तर्गत मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीवार मोटरसाइकलमा घरबाट सदरमुकाम फिदिम जाने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक हिलिहाङ ४ का ३६ वर्षीय रमेश योङयाको मृत्यु भएको हो । योङयालाई आज बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको बताइएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


