Comments Add Comment

Advertisment

SKIP THIS

पुल निर्माणमा अवरोध गर्ने कम्पनीमाथि कारबाही गर्न स्थानीयको माग

५ असार , काठमाडौँ  । जग्गा विवाद झिकेर निर्माणाधीन बाराको जितपुरसिम उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र पर्ने सखरा हाउजिङ कम्पनी प्रालि बसुन्धरा काठमाडौँलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गत जितपुरसिमरा उपमहानगर १२, १५ र १८ को सिमानामा पर्ने बालगगां खोलाको पुल सो कम्पनीको लापरबाहीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् । आक्रोशित स्थानीयको अलपत्र पुलको निर्माण रोक्ने सखरा हाउजिङ कम्पनीलाई वडा कार्यालयहरूबाट आवश्यक हुने कागजात रोक्का गर्न जनप्रतिनिधिहरूसँग माग गरेको थियो ।

सो वडाका वडा अध्यक्षले समेत स्थानीयको मागलाई तत्काल सम्बोधन गर्दै उक्त कम्पनीले समस्या समाधान नगरेसम्म कम्पनीसँग सम्बन्धित कुनै काम वा सिफारिस नगर्ने बताएका छन् । जग्गा कारोबारीको नाममा खोलामा परेको जिल्ला किन्ने, मास्ने र जनताको हितको काममा अवरोध सृजना गर्ने सखरा हाउजिङ कम्पनीको कुनै काम नगर्ने नवनिर्वाचित वडा अध्यक्षहरूले बताएका छन् ।

पुल निर्माणको काम रोकिँदा दैनिक हजारौँ सर्वसाधारण जनताले दुःख पाएको भन्दै स्थानीयहरूले कम्पनीविरुद्ध संर्घषमा उत्रिने घोषणा गरेको छन् । वर्षायामसँगै बाढी र डुबानका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयले आवागमनलाई सहज पार्न सम्बन्धित पक्षलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेको स्थानीयको भनाइ छ ।

स्थानीयले पुल निर्माणको लागि दबाब दिने उद्देश्यले वडा नम्बर १८ बडहर्वाका राजेश भण्डारीको अध्यक्षतामा ३४ सदस्य संघर्ष समिति गठन गरेको छ ।गत चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण भइरहेको पुल आफ्नो जग्गामा परेको भन्दै डिभिजन सडक कार्यालय हेटौंडाको विरुद्ध २७ माघ २०७७ सखरा हाउजिङ कम्पनी प्रा‍लि बसुन्धरा काठमाडौँले जिल्ला अदालत बारामा मुद्दा हालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै