Comments Add Comment

Advertisment

SKIP THIS

एसीसी महिला टी-२० : नेपाल बहराइनसँग भिड्दै

६ असार , काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ ।

लगातार दुई खेल जितेको नेपाल समूह ‘बी’ मा ४ खेल सहित शीर्ष स्थानमा छ ।

यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै