६ असार , काठमाडौं । लगातारको वर्षासँगै आएको पहिराेले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ ।
मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर–दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा मकालु–३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख दीपेश रजकले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिरोले मकालु–५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पुल आसपासको भू–भाग कटान गरेपछि जोखिमा उनले बताए ।
लगातारको वर्षाले सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालय प्रमुख रजकले बताए ।
खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।






