Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंबाट बैंकक जान लागेका यात्रुको थाई भाट चोरी गर्ने विमानस्थलका एक जना पक्राउ

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महाबु गाउँपालिका–३ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई बिहीबार दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।

याङहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिएपश्चात् सिसिटिभी अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा सुनारको गतिविधि शंकास्पद देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले उक्त थाई भाट चोरी गरेको खुलेको हो। निजको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ।

सुनारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै