Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी गिरीले जि.प्र.का तेह्रथुमको निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदै

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदै शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्धाहरुलाई प्राथामिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो ।           

प्रहरीले पाएको व्यबस्थित भवनको साथै असभावका सामानहरुको हिफाजत गरी प्रयोग गर्नु पर्ने, प्रहरीले आचरण व्यवहार सुधार गर्नु पर्ने, प्रहरीबाट हुने काम कारबाही न्यायोचित हुनु पर्ने , सामादायिक साझेदारी कार्यक्रमलाई अझ प्रभाकारी रुपले अगाडी बढाउनु पर्ने र समुदायमा आत्महत्या गर्नेको संख्या बढ्दै गईरहेको सन्दर्भमा समुदायमा गएर सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममामा गएको स्थानियतह निर्चावनमा केही घटना नघटेपनि आगामी प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा हुन सक्ने घटनालाई मध्येनजर गर्दै अहिले देखीनै तयारी अबस्थामा रहन समेत सचेत गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै