Comments Add Comment

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

२७ जेठ, काठमाडौ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली १, अछाम १, डडेल्धुरा १, बाजुरा १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३८ मा एन्टिजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टी भएको छ त्यसमध्ये १ जनाको मृत्यु भएको छ ।

२ सय ८२ मा पिसिआर परीक्षण गर्दा १ सय ३ कोरोना पुष्टी भएको छ भने ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

थप ३७ जनामा कोरोना संक्रमण

आरजु देउवालाई कोरोना संक्रमण

थप ६ जनामा कोरोना संक्रमण

१८१ जनामा कोरोना संक्रमण