Comments Add Comment

Advertisment

SKIP THIS

घनश्यामलाई पराजित गरेका छविलाल सभामुख बन्ने चर्चा

११ पुष , काठमाडौ । संसद्‌मा दोस्रो ठुलो दल नेकपा एमालेले राष्ट्रपति र सभामुख पाएको छ । माओवादी केन्द्रलाई प्रधानमन्त्री दिएर एमालेले राष्ट्रपति र सभामुख आफ्नो भागमा परेको हो ।

यो सँगै एमालेबाट सभामुख को बन्ने भन्ने चर्चा सुरु भएको छ । एमालेका एक नेताका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले छविलाल विश्वकर्मालाई सभामुख बनाउने तयारी गरेका छन् ।

मन्त्री बन्ने तयारीमा रहेका उनलाई पार्टीले सभामुख बनाउने तयारी गरेको एक नेताले जानकारी दिए । त्यस्तै सभामुखमा दोलखाका ईश्वरी विश्वकर्मा (रिजाल)ले पनि दावी गरेका छन् ।

तर ईश्वरी भन्दा छविलाल सभामुख बन्ने सम्भावना बलियो रहेको नेताहरू बताउँछन् । एमाले सचिवसमेत रहेका छविलालले घनश्याम भुसाललाई रूपन्देही क्षेत्र नं १ बाट पराजित गरेका हुन् ।

अध्यक्ष ओलीले भुसाललाई टिकट नदिएपछि उनले एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवार दिएका थिए । त्यसपछि तत्कालीन सत्ता गठबन्धनले उनलाई समर्थन गरेको थियो ।

सो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो । माओवादीले उम्मेदवारी नै नदिई भुसाललाई समर्थन गरेको थियो । तर पनि उनी पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै