Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्रीबाट हटाइएका चारै जना बैठकमा अनुपस्थित

१३ असार , काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय सरकारको मन्त्रीबाट फिर्ता बोलाएका चारैजना नेता पार्टी बैठकमा अनुपस्थित भएका छन् । सोमबार काठमाडौंको कमलादीमा सुरु केन्द्रीय परिषद् बैठकमा उनीहरु उपस्थित नभएको हो ।

एकीकृत समाजवादीले आइतबारमात्रै पार्टीबाट सरकारमा रहेका रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडालाई मन्त्रीबाट फिर्ता बोलाएको थियो । पार्टीबाट नवनियुक्त मन्त्रीहरुले आजै सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन् । आफूहरुले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जवरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै