Comments Add Comment

Advertisment

SKIP THIS

पर्सा प्रहरीमा ४ महिनामा २४ वटा मुद्दा

१५ असार , काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न २४ वटा मुद्दा चलाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को चैत महिनादेखि हालसम्मको अवधिमा कर्तव्य ज्यान सम्बन्धी ५ वटा मुद्दा परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । डिएसपी खनालका अनुसार जेष्ठ महिनामा सबैभन्दा बढी ३ वटा मुद्दा चलाइएको छ ।

चैत र बैशाखमा १÷१ वटा मुद्दा चलाइएको छ भने अषाढमा हालसम्म कुनै पनि मुद्दा चलाइएको छैन । सोही अवधिमा बहुविवाहका ६ वटा मुद्दा चलाइएको डिएसपी खनालले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । उक्त तथ्याङ्कअनुसार चैतमा सबैभन्दा धेरै ४ वटा बहुविवाहका मुद्दा चलाइएको छ भने ज्येष्ठमा २ वटा मुद्दा चलाइएको छ । जबरजस्ती करणी सम्बन्धी ७ वटा मुद्दा सोही अवधिमा चलाइएको छ । चैतमा २, बैशाखमा ४ र ज्येष्ठमा १ वटा गरी जबरजस्ती करणीका ७ वटा मुद्दा चलाइएको डिएसपी खनालले बताए ।

जबरजस्ती करणी उद्योगका ५ वटा मुद्दा चलाइएकोमा चैत र बैशाखमा १/१ वटा र ज्येष्ठ महिनामा मात्रै ३ वटा मुद्दा चलाइएको छ । चालु आर्थिक वर्षको ज्येष्ठ महिनामा मानव बेचबिखन सम्बन्धी १ वटा मुद्दा मात्रै चलाइएको छ । गर्भपतन र बालबिबाह सम्बन्धी कुनै पनि मुद्दा नपरेको पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार बिगतको तुलनामा मुद्दा दर्ताको संख्या कम हुनुले पनि जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्थामा सुधार भएको प्रमाणित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै