Comments Add Comment

Advertisment

SKIP THIS

आठ वर्षपछि रेखासँग अरुणिमाको भेट

१५ असार , काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल ८ वर्ष पश्चात् नेपाल फर्किएकी छिन् । सन् २०१५ तिर ग्रिन कार्ड बोकेर परिवारको साथमा अमेरिका उडेकी अरुणिमा एक रियालिटी शो को निर्णायक हुँदै नेपाल आएकी हुन्।

फिल्मी करियरमा केही सुस्तपन महसुस गरेपछि अमेरिका लागेकी अरुणिमाले अमेरिका पुगेको केही वर्षमा श्रीमानबाट अलग बस्ने निर्णय गरिन् । अहिले उनी एक छोरीको साथमा अमेरिकामा बस्दै आएकी छन् ।

८ वर्षपछि उनले जन्मभूमिमा पाइला टेकेकी अरुणिमाले अर्की अभिनेत्री रेखा थापासँग भेटघाटको तस्बिर सार्वजनिक गरेकी छिन् ।भेटघाटले पुरानो दिनमा फर्काएको उनले जनाएकी छिन् । भेटमा उनीहरूले फिल्ममा एकसाथ काम गर्दाको क्षण सम्झिएका थिए । आफू ढिलो चाँडो फिल्ममा फर्किने बताएकी अरुणिमा यो समयलाई विश्राम भनेकी छिन् ।

रेखा र अरुणिमा दुवैले अभिनय गरेको फिल्म ‘धड्कन’ को सिक्वेल तयारीमा निर्देशक नरेश पौड्याल जुटेका छन् । यद्यपि उनले पुराना कलाकारहरू नभई नयाँ अनुहारलाई लिएर फिल्म तयार गर्ने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै