Comments Add Comment

Advertisment

SKIP THIS

हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

२३ जेठ , काठमाडौं । हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका- ७ घर भएका ५४ वर्षीय जय कमल साह कलवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रूपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment