Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको प्रवेशपछि मध्यरातमा पशुपति कोटिहोममा किन भयो तनाव ?

१ भदौ , काठमाडौ । एक महिनादेखि पशुपतिनाथ परिसरमा ‘कोटिहोम’ का नाममा सञ्चालित धार्मिक कार्यक्रमको समापनमा तनाव भएको छ ।

पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको हो । शुक्रबार राति कार्यक्रम समापन हुँदै गर्दा सोधपुछका लागि त्यहाँ सादा पोशाकका प्रहरी पुगेका थिए ।

कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि विजयकृष्ण समर्थकबीचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

समर्थकले निरन्तर हुल हुज्जत गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment