Comments Add Comment

Advertisment

SKIP THIS

कोपा अमेरिकाको उपाधि भिडन्त : पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

२७ आषाढ ,काठमाडौ । कोपा अमेरिका फुटबल प्रतियोगिताको जारी फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ।

खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिना १-० ले अगाडि छ।

एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको हो। उनले रोड्रिगो डे पावलको पासमा गोल गरेका हुन्।

सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment