
२९ जेठ, काठमाडौ । युरोकप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् ।

आज समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच पहिलो प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६;४५ बजे सुरु हुनेछ ।

वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस्तै समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ । डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९;४५ बजे हुनेछ । समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल राति १२स्४५ बजे हुनेछ ।



