Comments Add Comment

कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित

४ असार, काठमाडौ । कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार विहान सकिएको खेलमा आयोजक ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गर्‍यो।

ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक-एक गोल गरे। खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो। ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे।

सान्द्रोले गाब्रियल जेससले उपलब्ध गराएको पासमा गोल गरे। लगत्तै फाबिन्होले पाएको अवसर खेर फालेका थिए।

खेलको ६३ मिनेटमा रेफ्रीले ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेका थिए। पेरुका तापइले नेइमारलाई लगाएपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो।

तर रेफ्रीले सहायक रेफ्रीसँग छलफल गरेपछि भिएआरको सहायता लिने निर्णय गरे। भिएआरमार्फत पेनाल्टीको निर्णय उल्टाइएको थियो।

६८ मिनेटमा ब्रालिलले अग्रता दोब्बर पारे। नेइमारले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए। फ्रेडले उपलब्ध गराएको पासमा नेइमारले २० यार्ड टाढाबाट आकर्षक गोल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment