Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना

१६ असार , काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको छ ।

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेका गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो सडक छोडेर ढुङ्गाको ओड लाग्न पुगेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएपछी परिवारलाई भेट्न ओखलढुंगा पुगेका गुरुङ आज काठमाडौँ फर्कदैँ थिए ।

गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै