अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ -
Comments Add Comment

अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा रु सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी प्रतिव्यक्ति रु ८० लाखसम्म लाग्छ भनी दुई जनासँग रु ६० लाख लिएर फरार भएका राउतलाई पक्राउ गरिएको जानकारी दिए।

राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै