Comments Add Comment

Advertisment

SKIP THIS

बागलुङमा गुडिरहेको बसबाट खसेर मृत्यु

१८ असार , काठमाडौं । गुडिरहेको बसको ढोकाबाट खसेर बागलुङको गलकोटमा यात्रुको मृत्यु भएको छ ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

शनिबार बिहान पौने ६ बजेतिर काठमाडौंदेखि रुकुम गइरहेको बसबाट उनी खसेका थिए । खसेपछि गम्भीर घाइते भएका बस्नेतलाई स्थानीय क्लिनिक लगिएको थियो ।

उपचारका क्रममा बिहान साढे ६ बजे उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै