Comments Add Comment

Advertisment

SKIP THIS

धरानमा जथाभावी फोहोर फाल्नेलाई ऐन अनुसार कारबाही गरिने

२२ असार , काठमाडौँ । धरान सडकमा जथाभावी फोहोर फाल्नेलाई धरान उपमहानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ ।मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरको तीनकुनेदेखि छाता चौकसम्म जथाभावी फोहोर फाल्न निषेध गर्ने निर्णय गरेको हो ।

उपमहानगरको निर्देशन अटेर गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को परिच्छेद ७ बमोजम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । यसका साथै, बैठकले राष्ट्रिय आविस्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गर्न पहल गने निर्णय पनि गरेको छ ।

यसैगरी, यातायात कार्यालय धरानमा ल्याउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको जग्गा व्यवस्थापनका लागि धरान १७ को जग्गामा स्थलगत अवलोकन पनि गरिने भएको छ । विद्यालयका शुल्कको उपमहानगरले नियमन गर्ने निर्णयसमेत बैठकले गरेको छ । मेयर हर्कराज साम्पाङको संयोजकत्वमा बनेको ५ सदस्यीय समितिले शुल्कको नियमन गर्नेछ ।

विद्यालयमा शुक्रबार जातीय पोसाकलाई प्रोत्साहन गर्ने निर्णय भएको छ । कार्यपालिकाको बैठका आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमको स्वीकृतिअसार २३ गते गरिने भएको छ । कार्यपालिका बैठकका लागि १९ ओटा कार्यसूची तय भएकोमा १२ ओटा निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

विद्यालय वा सम्पूर्ण कर्मचारीहरुले प्रत्येक शुक्रबार जातिय पोशाक लगाउन पाईने र उपमहानगरपालिकालाई सहयोग गर्नु चाहानेहरुको लागी उपमहानगले बैंक खाता खोल्ने समेत निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै