Comments Add Comment

Advertisment

SKIP THIS

एकै दिन ११३ जनामा सङ्क्रमण पुष्टि

२२ असार , काठमाडौँ । ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट पुष्टि भएसँगै नेपालमा दिनानुदिन कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ११३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२ हजार ७२४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९४ हजार ४० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै