कानुन बिपरित समाजमा बिकृती ल्याउने गरी सवारी साधनहरुमा लेखिएका कबिता, गजल, सायरी एवं दुई अर्थ लाग्ने भनाईहरुको प्रचार प्रसार सामाग्री लगायत सजावटको लागि क्याबिनमा राखिएका झल्लर एवं प्रयोग गरेका कालो सिसा/स्टिकरहरु हटाईएको छ ।

कास्की पोखरा महानगरपालिका १० अम्मरसिंहचोक स्थित सडकखण्डमा सार्वजनिक एवं निजी सवारी साधनहरुमा कानुन बिपरित महिला, बालबालिका लगायतका सिमान्तकृत समुदायलाई अपमान र अबहेलना गर्ने गरी, समाजमा बिकृती ल्याउने, मानसिक खलल् पुर्याउने खालका अश्लिल, अपाच्य गालि तथा कानुन बिपरित लेखिएका सायरी, कबिता, गजल एवं डबल (दुई) अर्थ लाग्ने भनाईहरुको प्रचार प्रसार सामाग्रीले गर्दा अन्य सवारी चालकहरुको ध्यान केन्द्रित भई सवारी दुर्घटनाहरु हुने गरेको र कतिपय सवारी चालकको आसपासमा क्याबिन सजावटको लागी राखिएका सामाग्रीहरुले गर्दा अगाडीको बाटो समेत नदेखिने भएकोले सो को कारणबाट हुने सवारी दुर्घटना रोकथाम तथा नियन्त्रण गर्नको लागि त्यस्ता किसिमका सामाग्रीहरु हटाउने अभियान संचालन गरिएकोले कुनै पनि सवारी साधनहरुमा कानुन बिपरित कबिता,गजल लगायत डबल अर्थ लाग्ने भनाईहरु सवारी साधनहरुमा नलेख्न तथा प्रचार प्रसार नगर्न नगराउनु हुन सम्पुर्ण चालक तथा धनिहरुलाई अनुरोध गरिएको छ ।






