Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

३ असार ,काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो ट्रान्सप्लान्ट सेन्टरले अआज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको जानकारी दिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको जानकारी दिएका छन् । राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै पाँच बजे उपचारका लागि भर्ना भएका थिए ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो ।

राष्ट्रपति पौडेलले गत वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment