Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीले झापाको मेचीनगरबाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई पक्राउ

झापा । नेपाल प्रहरीले प्रतिबन्धित लागू औषध र ओसारपसारमा गर्न प्रयोग भएको एक मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ ।

गए राति झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे।५ प.३६४८ नं.को मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं।११ बस्ने वर्ष अन्दाजी २९ का मनिस मोक्तान र सोही मोटरसाइकल पछाडि सवार ३७ वर्षीय रीग बहादुर दर्जीलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर १०० ग्राम १५० मिलिग्राम फेला परेकोले मोटरसाइकल सहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै