Comments Add Comment

Advertisment

SKIP THIS

ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

२५ असार , काठमाडौँ । मोरङ बिराटनगर महानगरपालिका -१३ रोड शेष स्थित कोशी राजमार्गमा भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाँउपालिका २ अमडुवा फारम का ४५ बर्षीय सनेन्दर राय रहेका छन् ।

हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको WB23B 4961 नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका रायको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो ।

ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment