Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका बनमन्त्री सुरेन्द्र हमाल लागे सर्पको उद्धारमा

२६ असार , काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ मा आज वृक्षरोपण कार्यक्रम थियो । वृक्षरोपणमा सहभागी हुन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षमन्त्री सुरेन्द्र हमाल पनि पुगेका थिए ।

उक्त कार्यक्रममा जिल्ला वन अधिकृतसहित वनका कर्मचारी र स्थानीय बासिन्दाहरू सहभागी थिए । एक्कासि जिल्ला वन अधिकृतको मोबाइलको घण्टी बज्यो । वडा नम्बर २ का स्थानीय खडकबहादुर खत्रीकाे फाेन थियाे ।

वन अधिकृतले हेलाे भन्न नपाउँदै खत्रीले उताबाट भने, ‘लाै न हजुर । मेराे घरमा गाेमन सर्प भेटियाे । बचाइदिनुपर्‍याे ।’

फाेनमा भएकाे कुराकानी नजिकै रहेका वनमन्त्री हमालले सुनिहाले । हत्न न पत्त उनी पनि सर्पकाे उद्धार गर्न भन्दै दाैडिए ।

सर्प घरआँगनमा देखिने बित्तिकै मानिसहरू उसलाई मार्न तम्सन्छन् । तर खत्रीले वन अधिकृतलाई फाेन गरेर रेस्क्यु गर्ने टाेली मगाएका हुन् । वनका कर्मचारीकाे टाेलीसँगै पुगेका वनमन्त्री हमाल आफैँ पनि उद्धारमा खटिए ।

मन्त्री हमालका अनुसार खत्रीकाे घरमा भेटिएकाे उक्त सर्पलाई नजिकैकाे जंगलमा छाेडिएकाे छ । उनले सर्पलाई असुरक्षित महसुस हुने गरी क्रियाकलाप नगरे उसले आक्रमण नगर्ने भएकाले देखेमा मारिहाल्नुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै