Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ

पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ ईनरुवाबाट असार २७ गते सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पन्चायत घर बताउने जानु गुप्ता छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी विरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो ।

पक्राउ परेका निज गुप्तालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै