Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी गिरीले दिए प्रदेश ट्राफिक प्रहरीलाई कडा निर्देशन आचरण बिपरीत कार्य गर्नेलाई क्षम्य नहुने

अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा आचरण बिपरीत कार्य गर्नेलाई क्षम्य नहुने प्रहरी नायव महानिरीक्षक सुदिप गिरी बताएका छन् ।                               

अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण बिपरीत कार्य गर्नेलाई क्षम्य नहुने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बताउनु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो ।

यसका साथै धेरै भन्दा धेरै स्थानमा चेकप्वाईन्ट राखी चेकजाँच गरेमा सवारी दुर्घटनालाई न्युनिकरण गर्न सकिने हुँदा सोही अनुसार गर्न समेत वहाँले निर्देशन दिनु भयो । यसैगरी प्रदेश प्रहरी प्रमुख गिरीले आजै नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीको समेत निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रमममा उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुँहुँदै कार्यरत कर्मचारीहरुको गुनासो तत्काल सम्बोधन गर्ने र बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई आत्मसात गर्दे कार्य गर्न निर्देशन दिनु भयो । सम्बोधनकै क्रममा वहाँले बिपद ब्यबस्थापनमा गणको उल्लेखनिय भुमिका हुने हुँदा २४ सै घण्टा तयारी अवस्थामा रहन समेत निर्देशन दिनु भयो । साथै उक्त गणका दैबि प्रकोप उद्धार टोलीले बिपदको समयमा के कसरी उद्धार कार्य गर्न सकिन्छ भन्ने सम्बन्धमा Demonstration समेत प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै