Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी बोहराद्वारा मातहतका प्रहरी वृत्तको निरीक्षण गरि प्रहरी कर्मचारीलाई कडा निर्देशन

प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले मंगलबार काठमाडौं प्रहरी परिसर मातहत कार्यालयहरु प्रहरी बृत्त बालाजु, प्रहरी बृत्त स्वयम्भू र प्रहरी बृत्त कालीमाटीको निरीक्षण गरि वृत्तमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।                                         

नागरीकलाई गर्ने व्यवहारमा नम्रता,शिष्टता र कानून प्रयोगमा निर्दयता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न काठमाडौं प्रहरी परिसर टेकु कार्यालय प्रमुख एसएसपी बोहराले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन।       

निर्देशनकाे क्रममा प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र प्रहरी संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तर्राष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न निर्देशन दिए ।नागरिकको शान्तिसुरक्षाको जिम्मेवारी प्रहरीले लिएकाले कार्यक्षेत्रमा नागरिक संग गर्ने व्यवहारले प्रहरी वेला वेला आलोचना हुदै आएको स्मरण गराउदै आम नागरिक संगको व्यवहारमा शिष्टता र नम्रता ‍अपनाउन पनि निर्देशन दिए । काठमाडौकाे शान्ति सुरक्षा मजभुत बनाउन र नागरिकको सुरक्षालाई ध्यान दिन जतिबेला पनि चनाखो हुन निर्देशन दिदै बोहराले कानुनले बन्देज गरेका विषयलाई निरुत्साहित बनाउन प्रहरीले अहम भुमिका निभाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै