Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी जोशीद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको को स्थलगत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नु भएको छ ।   

प्रहरी नायव महानिरीक्षक जोशीले उक्त कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ ।   

निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माले कार्यालयको प्रहरी गतिबिधिका विषयमा प्रस्तुतिकरण गर्नुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै