गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुभएको छ ।

डिआईजी रामदत्त जोशीज्यूले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षकले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नु भई राज्यले नेपाल प्रहरीलाई दिएको जिम्मेवारी त्रुटीरहित ढंगबाट कार्य सम्पादन गर्न आवश्यक निर्देशन समेत दिनुभयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनाल ज्यूले जिल्लाको सम्पुर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो।





