Comments Add Comment

Advertisment

SKIP THIS

गोठ भत्किँदा दुई वर्षीया बालिकाको मृत्यु

३२ असार , काठमाडौं । दाङ जिल्लाको घोराही उपमहानगरपालिका-९ मा गोठ भत्किँदा दुई वर्षीया बालिकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान घोराही उपमहागनरपालिका-९ मा माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको हो ।

गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment