Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले समात्यो २८१ फरार अभियुक्त

२ श्रावण , काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरूलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो ।

ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाबाट १ सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै