Comments Add Comment

Advertisment

SKIP THIS

अनिवार्य मास्क लगाउन नवलपरासी प्रशासनको आग्रह

२ श्रावण , काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासीले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्वास्थ्य सतर्कता अपनाउनका लागि मास्क लगाउन अनुरोध गरेका हुन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए ।

‘अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ’, घिमिरेले भने ।

आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा सङ्घसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै