Comments Add Comment

Advertisment

SKIP THIS

जिप र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु

२ श्रावण , काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बाेलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको छ ।

भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४८१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बलेरो जिप आज बिहान पौने ८ बजे ठोक्किएका थिए।

दुबै सवारी साधन सहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुत्केरी हुन नसकेर युवतीको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

सुत्केरी हुन नसकेर युवतीको मृत्यु